आज याे राशिकाे आम्दानीमा वृद्धि हुने याेग

विहीबार, ०६ मंसिर २०८१, ०५ : ०९

काठमाडौं– आज २०८१ मंसिर ६ गते बिहीबार (२१ नोभेम्बर २०२४)। मंसिर कृष्णपक्ष षष्ठी २०:५२ सम्म, तत्पश्चात् सप्तमी। तिष्य २०:०१ सम्म, तत्पश्चात् अश्लेषा ।  चन्द्रराशि कर्कट। दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज दिन राम्रो छ। बोल्दा ख्याल गर्नु पर्नेछ। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुकाे आज दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आजकाे दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरु आज दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आजकाे दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ। 

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आजकाे दिन आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्ला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।

 

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुलाई आज आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिने याेग छ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुलाई आज बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुकाे आजकाे दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

विहीबार, ०६ मंसिर २०८१, ०५ : ०९

प्रतिक्रिया