अन्तर्राष्ट्रिय टिकटमा ५ हजार छुट दिदै नेपाल एयरलाइन्स

विहीबार, ०६ मंसिर २०८१, १६ : ४४

काठमाडौं - नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुटको घोषणा गरेको छ । 

एयरलाइन्सले दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजार छुट दिने बताएको छ । त्यस्तै दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि २५ सयसम्म छुट दिइने कम्पनीले जनाएको छ । 

उक्त छुट जहाजको सिटअनुसार पहिले आउनेलाई प्राथमिकताको आधारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । छुट पाउनको लागि यात्रु स्वयं परिचयपत्रसहित उपस्थित हुनुपर्ने नेपाल एयरलाइन्सले बताएको छ ।

 

विहीबार, ०६ मंसिर २०८१, १६ : ४४

प्रतिक्रिया