छबिलाल जोशीको बयान सकियो

शुक्रबार, ०७ मंसिर २०८१, १३ : १६

काठमाडौँ - काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । 

मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने भएको छ । 

उनलाई मध्यान्ह पोखरा पठाउन लागिएको प्रहरीले जनाएको छ । जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ ।  प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको  प्रहरीले जनाएको छ । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । 

शुक्रबार, ०७ मंसिर २०८१, १३ : १६

प्रतिक्रिया