४९७ पसलको अनुगमन गर्दा २० वटा मात्र राम्रा भेटिए

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ३७

काठमाडौं - काठमाडौँ महानगरपालिकाले गएको असोज १० गतेदेखि सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२५) राम्रा भेटिएका छन् ।

१३३ वटा (२६.७६५) मा म्याद सकिएका वस्तु भेटिएका छन् भने ३११ वटा ९६२।५७५० मा मूल्य सूची थिएन । २ सय वटा (४०.२४५) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएको पाइएको महानगरले जनाएको छ ।

यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल रहेका थिए ।


 

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ३७

प्रतिक्रिया