काठमाडौं - बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ ।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई अनुसुचिमा प्रस्ताव गरे बमोजिमको शुल्क लिएर सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको हो ।
धरहरा प्रवेश गर्दा विद्यार्थी र ७० वर्ष काटेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय समेत भएको छ । १० वर्ष मुनिका बालबालिका कुनै पनि शुल्क लाग्ने छैन । गत असोजमा सञ्चालनमा आएको धरहराको टुप्पो पुग्ने लिफ्ट विग्रीएको थियो ।
प्रतिक्रिया