काठमाडौं- पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन संकायको स्नातक र स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रमहरु लागु गरेको छ ।
लागु गर्न लागिएको नयाँ पाठ्यक्रम प्रयोगात्मक एवं व्यवहारिक ज्ञानको भएको बताइएको छ ।
यसै सत्र २०२४ बाट स्नातक र स्नातकोत्तर तहमा याे पाठ्यक्रम नयाँ लागु गर्न लागिएको हो भने विएचएम र बिसिएसआइटी कार्यक्रमहरुका नयाँ पाठ्यक्रमहरु गत शैक्षिक सत्र २०२३ फल देखि नै लागु भई
पठनपाठन भईरहेको पोखरा विश्वविद्यालयले एक प्रेस सम्प्रेषण मार्फत बताएको हो ।
प्रतिक्रिया