काठमाडौं– आज २०८१ मंसिर ८ गते शनिबार (२३ नोभेम्बर २०२४)। मंसिर कृष्णपक्ष अष्टमी २२:३१ सम्म, तत्पश्चात् नवमी। मघा २२:४४ सम्म, तत्पश्चात् पूर्वाफाल्गुनी । चन्द्रराशि सिंह। दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुलाई आज व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुलाई आज विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पढाइमा प्रगति हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आज नयाँ कारोबारबाट बढी फाइदा लिने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुलाई आज पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवाका कामबाट लाभ हुनेछ ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुलाई आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुले आज संकटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा यात्रा गर्नुपर्ने हुन सक्छ। गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन सुरु हुन सक्छन् ।
प्रतिक्रिया