ललितपुरका यी क्षेत्रहरूमा पार्किङ निषेध

आइतबार, ०९ मंसिर २०८१, १० : २७

काठमाडौँ- ललितपुर महानगरपालिकाले आफू मातहतको विभिन्न क्षेत्रलाई पार्किङ निषेध क्षेत्र घोषणा गरेको छ । सवारी साधनहरू तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवत जावत सहज बनाउन निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर महानगरपालिकाका नगर प्रहरीले जनाएका छन् । 

महानगर कार्यपालिकाले गरेको निर्णय आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । जसअनुसार मंगलबजार, सुनधारा, ग्वार्को सडक खण्ड र मंगलबजार, टंगल, थती ९लगनखेल० सडक खण्डमा आजैदेखि सवारी साधन पार्किङ निषेध गरिएको छ ।

अत्यधिक सवारी साधनको पार्किङले गर्दा महानगरपालिका क्षेत्र भित्र रहेको सम्पदा संस्कृतिको धरोहर पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्स जस्ता आकस्मिक सवारी साधनलाई समेत आवतजावत गर्न असहज भएपछि यस्तो निर्णय गर्नुपरेको महानगरले जनाएको छ । 

यस निर्णयको कार्यान्वयनसँगै विद्यालय तथा मन्दिरहरू भएकोले विद्यार्थी तथा भक्तजनहरूलाई आवतजावत गर्न सहज हुने,  दुर्घटना न्यूनीकरण हुने महानगरको विश्वास रहेको छ । 

आइतबार, ०९ मंसिर २०८१, १० : २७

प्रतिक्रिया