काठमाडौं - वायुको गुणस्तरका आधारमा चितवनको भरतपुर बिहीबार नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ ।सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ ।
यी तीनै सहर ‘अस्वस्थकर’को वर्गमा परेका छन् । रत्नपार्कमा बिहीबार अपराह्न १२ बजेको एक्यूआई १५३ छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ ।
प्रतिक्रिया