काठमाडौं - सरकारले नेपाल लेखामान बोर्ड र नेपाल लेखापरीक्षणमान बोर्डमा अध्यक्ष नियुक्ति गरेको छ।
मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयका सिफारिसमा लेखामान बोर्डको अध्यक्षमा सुनीलकुमार ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गरेको हो।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षद्वयलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाई तथा सफलताको शुभकामना दिए ।
उक्त अवसरमा नवनियुक्त अध्यक्षद्वयले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता गरेका थिए।
प्रतिक्रिया