आज याे राशिलाई व्यापारमा नाफा हुनेछ, अरु राशिकाे कस्ताे छ दिन ?

शुक्रबार, १४ मंसिर २०८१, ०६ : ४१

काठमाडौं– आज २०८१ मंसिर १४ गते शुक्रबार (२८ नोभेम्बर २०२४) । मंसिर त्रयोदशी ०८:१५ सम्म, तत्पश्चात् चतुर्दशी । स्वाती १०:४८ सम्म, तत्पश्चात् विशाखा ।  चन्द्रराशि तुला ३०:३० सम्म, तत्पश्चात् वृश्चिक । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ । परोपकारी संस्थामा याे राशिवालाहरुकाे नामको प्रशंसा हुनेछ ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज  स्वास्थ्य राम्रो रहनेछ । ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज नयाँनयाँ ठाउँको भ्रमणले मनमा उत्साह बढ्नेछ । पुराना साथीसँग भेट हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा उत्साहजनक नतिजा प्राप्त हुनेछ । परिवारमा मनमुटाव हुने देखिन्छ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आज झुटो आरोपको सामना गर्नुपर्नेछ । राजनीतिमा विवाद हुनेछ । सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज लामो समय रोकिएको काम बन्नेछ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ । निर्णय क्षमता कमजोर हुँदा परिवारमा विवाद हुनसक्छ। शिक्षाको लगानीमा सफलता मिल्नेछ । राजनीतिक भेटघाटले नयाँ उत्साह बढ्नेछ ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आज व्यापारबाट फाइदा हुने दिन हो । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मनमा चञ्चलता बढ्नाले सुखको अनुभूति नहुने जोखिम छ । परिवारसँगको भेटघाट रमाइलो बन्नेछ  ।

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज बोलीको प्रभावले राम्रा काम बन्ने योग छ । समाजसेवा र परोपकारमा मन जानेछ । लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा गरेको लगानीले राम्रो नतिजा देखिने छ । परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज मन उदास बन्नेछ । अशान्तिले बास गर्ने दिन छ। कार्यमा बाधा आइपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ । अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ ।

 

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज समय रमाइलो छ । साथीको साथ मिल्नेछ । लामो समय रोकिएका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । परिवारको मर्मको विषयमा सुझबुझ नहुँदा विवाद हुने जोखिम देखिन्छ । सामाजिक कार्यमा रमाइलो हुनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ ।  पुराना इष्टमित्र एक्कासी भेट होलान् ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई आज थोरै बोल्नु राम्रो हुन्छ । झुटा आरोप लाग्ने जोखिम छ । मन अशान्त भएकाले धार्मिक कार्यमा संलग्न हुँदा फाइदा हुनेछ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् ।  शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

शुक्रबार, १४ मंसिर २०८१, ०६ : ४१

प्रतिक्रिया