रविका समर्थकले गरे चितवनमा प्रदर्शन

मंगलबार, १८ मंसिर २०८१, १४ : ५२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरूले प्रदर्शन गरेका छन् । 

लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरूले नाराबाजी गरेका थिए । उनीहरूले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए । 

कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल  प्रयोग गरेको थियो ।

मंगलबार, १८ मंसिर २०८१, १४ : ५२

प्रतिक्रिया