काठमाडौं-१६ की वडाध्यक्ष श्रेष्ठले लिइन् शपथ

मंगलबार, १८ मंसिर २०८१, १६ : ०७

काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

श्रेष्ठलाई मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा शपथ गराएका हुन् । अध्यक्ष श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् । रिक्त पदमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रूपमा काम गरिरहेका थिए ।

शपथ ग्रहण अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थिए ।

शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार, १८ मंसिर २०८१, १६ : ०७

प्रतिक्रिया