एनपीएलमा अनलाइन ‘बेटिङ खेलाउने चार भारतीय पक्राउ

मंगलबार, १८ मंसिर २०८१, १७ : १५

काठमाडौं - नेपाल प्रिमियर लिगमा अनलाइन बेटिङ खेलाएको आरोपमा नेपाल प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न अनलाइन बेटीङ एप मार्फत सट्टाबाजी खेलाउने चार जना भारतियलाई पक्राउ गरेको हो । जसमा सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमार रहेका छन् । प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ । 

मंगलबार, १८ मंसिर २०८१, १७ : १५

प्रतिक्रिया