काठमाडौं- आज २०८१ मंसिर १९ गते बुधबार (४ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, तृतीया १२:३६ सम्म, तत्पश्चात् चतुर्थी । पूर्वषाढा १७:२८ सम्म, तत्पश्चात् उत्तरषाढा । चन्द्रराशि : धनु २३:३० सम्म, तत्पश्चात् मकर । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ । आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ । कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ । व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ । आजको शुभ रंग केशरि हो भने शुभ अंक ५ रहेको छ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुले आज रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन सफल रहनेछन् । वाणिले गर्दा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। पारिवारिक र वैवाहिक जीवन राम्रो रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुकाे आज अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ । विद्यार्थी वर्गहरूले हेलचेक्र्याइँ गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ । आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । गरेको कार्यको जस पाइनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज कार्य क्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ । अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ । मित्रहरूबाट कुनै मूल्यवान वस्तुको प्राप्ति हुनेछ । घर परिवारमा मेलमिलाप बढ्नेछ । अरूलाई अनावश्यक सल्लाह नदिनुहोस् । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुलाई आज सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ । विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ । घरपरिवारको जिम्मेवारीलाई आफ्नो स्वार्थ नसम्झिनु । कारोबारमा आफ्नो कुराहरूलाई गोपनीय राखौं । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आज आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुपर्नेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछाडि पार्न सकिनेछ । शत्रुहरू परास्त हुनेछन् भनेदेखि रोगबाट मुक्ति मिल्नेछ । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज पुरानो लगानीबाट लाभ मिल्नेछ । आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुपर्नेछ । राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ । माताको स्वास्थ्य सुधार रहनेछ । कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुलाई आज व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । चिताएको काम सम्पादन हुनेछ । आर्थिक पक्ष सबल रहनको साथै सञ्चित धनमा वृद्धि हुनेछ । आफन्तसँग रमाइलो समय बित्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ । आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा पूर्व जानकारको सल्लाह लिँदा बेस । दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा कुनै विवाद थियो भने सुल्झिनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा आत्मविश्वास र उत्साहमा कमी आउनेछ । अज्ञात भयले मन अशान्त रहनेछ । वैदेशिक रोजगारबाट शुभ सूचना मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुपर्ला । व्यापार व्यवसायमा थप लगानीको लागि समय अनुकूल छैन । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाईकाे आज पहिला रोकिएका कामहरू प्रारम्भ हुनेछन् । सामाजिक सञ्जालमा बोल्दा ध्यान दिनुपर्ने हुन्छ । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक पक्ष मजबुत हुनको साथै खर्चमा वृद्धि रहनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुलाई आज नोकरी पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ । वाहन प्राप्तिको लागि पिताको सहयोग मिल्नेछ । व्यापारमा नयाँ निवेशहरू थपिनेछन् । कुनैपनि कार्यको लागि गरिने यात्राबाट सफलता मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।
प्रतिक्रिया