किन अचानक चीन उडे नारायणकाजी ?

बुधबार, १९ मंसिर २०८१, १४ : ५९

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अचानक चीन उडेका छन् । यसअघि उनी चीन जाने कुनै कार्यक्रम थिएन । नेपाल–चीनबिच बीआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन प्रस्थान गरेका हुन् । 

स्रोतक अनुसार उनी चीनको संघाइमा हुने भनिएको एउटा गोष्ठीमा भाग लिन त्यता गएको भनिएको छ । उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि निकै प्रयास गरेका थिए । उनले चीनमै बसेर बीआरआईबारे छलफल गरी टुंगो लगाएका थिए । गत असारमा बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी थियो । हस्ताक्षर गर्नका लागि चीनका विदेश मन्त्रालयका सचिव पनि नेपाल आइ पुगेका थिए । तर अन्तिम समयमा हस्ताक्षर हुन सकेन ।

 नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि चीन भ्रमणमा छन् । 

बुधबार, १९ मंसिर २०८१, १४ : ५९

प्रतिक्रिया