काठमाडौं- आज २०८१ मंसिर २० गते बिहिबार (५ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, चतुर्थी ११:५९ सम्म, तत्पश्चात् पञ्चमी । उत्तरषाढा १७:२३ सम्म, तत्पश्चात् श्रवण । चन्द्रराशि : मकर । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज समय राम्रो छ । व्यापारबाट आम्दानी हुनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ । स्वास्थ्य लाभ हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुलाई आज परिवारको रचनात्मक साथ प्राप्त हुनेछ । आफन्तले सहयोग गर्नेछन् । स्वदेशमा अवसरको सिर्जना हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज आफन्तको विश्वास गर्नाले घाटा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज स्वास्थ्यमा समस्या हुने देखिन्छ । साथीले दुःख दिनेछन् । ठुलो लगानी नगर्नु राम्रो हुन्छ । सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ । काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुलाई आज समय रमाइलो छ । शिक्षाको लगानीले उत्साह बढ्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग प्राप्त हुन्छ । समाजसेवाको अवसर मिल्नेछ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आजकाे दिन राम्रो छ । आफ्नो मेहनतको फल प्राप्त हुनेछ । कार्यक्षेत्रमा प्रशंसा हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज अरुलाई सहयोग गर्दा आफु छाँयामा परेको महसुस हुनेछ । जमिनको कारोबारबाट उत्साह बढ्नेछ । प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुलाई आज व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । शिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार देखिने छ । परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ । समाजसेवाको अवसर प्राप्त हुनेछ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज समय राम्रो छ । धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ । शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ । व्यापारमा फाइदा हुने दिन छ । शिक्षा क्षेत्रको लगानीबाट सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज सामाजिक कार्य सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ । विद्यार्थीको पढाईमा ध्यान जान्छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाईकाे आज झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ । स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ । ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ । परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुले आज गरेकाे सानो गल्तीले अरुको मन दुख्नसक्छ । बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ । झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ । समाजसेवाको अवसर प्राप्त हुने योग छ ।
प्रतिक्रिया