मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

विहीबार, २० मंसिर २०८१, १३ : ५६

काठमाडौं - मधेश प्रदेश सरकारले मंसिर २३ गते आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा विशेष पूजा हुने भएकाले मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
 

विहीबार, २० मंसिर २०८१, १३ : ५६

प्रतिक्रिया