काठमाडाैं- कुन्तीदेवी फाउन्डेसन र सामुदायिक प्रहरी सेवा केन्द्र नयाँ बानेश्वर ३१ को संयुक्त आयोजनामा लैंगिक हिंसा न्यूनिकरण विषयक सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडौं नेशनल स्कुलको सहकार्यमा सञ्चालन भएकाे कार्यक्रमकाे सभापती समाजसेवी तथा रा.प्र.पा का केन्द्रिय सदस्य कुन्ती देवी पोख्ररेल रहेकी थिइन् । जिल्ला परिषद् काठमाडौं सामुदायिक शाखा प्रहरी नायव उपरिक्षक श्री पूर्णिमा चन्दको प्रमुख आतिथ्यता रहेकाे उक्त कार्यक्रममा महिला दिदी बहिनीहरुको उल्लेख्य सहभागिता रहेकाे थियाे ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित 'लैंगिक हिंसा न्यूनिकरणको लागी हामी सबैको भूमिका' विषयक सचेतना कार्यक्रम सफलतापुवर्क सम्पन्न भएको छ । कुन्तीदेवी पोखरेलले लैंगिक हिंसा भनेको के हो ? प्रष्ट पार्दै महिलाहरु समाजको हरेक क्षेत्रमा आफैँ उत्रनु पर्ने बताइन् । 'महिलाहरु समाजमा आफैँ बलियो भएमा पुरुषबाट हेपिनु पर्दैन' पाेखरेलले भनिन्, 'सरकारले राजनितिमा महिलाको सहभागिता ३३ प्रतिशत सुश्निचित गरेको छ तर २५ सदस्यी मन्त्रीमण्डलमा ३ जना महिलाको मात्र सहभागिता हुनु नेपाली समाजको लज्जास्पद अवस्था हाे ।' पृत्तिसत्तात्मक समाजमा महिलाहरु राज्यको मुलधारमा सानो सानो पदमा मात्र सिमित हुनुपरेको समेत उनले बताइन् ।

महिलाले समाजमा घरायसी रुपमा तथा सामाजिकरुपमा दुईतिरबाट हिंसा व्यहाेर्नु पर्ने बताउँदै, नायव उपरीक्षक पुर्णिमा चन्दले हाम्रो समाजमा महिलाहरु सबैभन्दा बढी असुरक्षित आफ्नो घर तथा घरपरिवारको इष्टमित्रबाट हुने गरेकाे बताइन् ।
प्रतिक्रिया