भनेजस्तै मुम्बईकाे चुनावमा हारलाई जीतमा बदले देवेन्द्रले, भारतमा मुख्यमन्त्रीकाे कत्राे सम्मान ?

विहीबार, २० मंसिर २०८१, २३ : २७

काठमाडाैं- 'मेरो पानी तल गएको देखेर मेरो घरको छेउमा नबस्नुहोस्, म समुद्र हुँ र म निश्चित रूपमा फर्कनेछु।' भारतीय जनता पार्टीका वरिष्ठ नेता देवेन्द्र फड्नाविसले २०१९ को चुनावमा  पराजयपछि यस्तो बताएका हुन्। यसपाली उनले चुनाव जीतेका छन् । भारतिय संविधान अनुसार आज दवेन्द्रले महाराष्ट्रकाे मुख्यमन्त्री पदमा सपथ लिए । देवेन्द्रलाई भारतीय प्रधानमन्त्री माेदीले अंगालाेमा लिए र जीतकाे बधाई पनि दिए । 

modi

मुंबईकाे आजाद मैदानकाे सपथग्रहण समाराेहमा राजनेता देखि लिएर अभिनेता र खेलाडी सम्म सबैकाे भींड लागेकाे थियाे । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी, नामी कलाकार शाहरुख खान, सलमान खान, महसुर खेलाडी सचिन तेन्दुलकर, अभिनेता रणवीर कपुर लगायत धेरैजसाे जम्मा भएका थिए ।

news

modi1

समाराेहमा पुगेका नामी कलाकार शाहरुख खानले फड्नाविसलाई भेटेर बधाई दिए  । त्यहाँ खानकाे खेल जगतकाे महान् ब्याट्सम्यान सचिन र उनकी पत्नी अञ्जली तेंदुलकर सँग पनि भेट भयाे । सचिन र खानले अंगाले मारेर एक-अर्का लाई उर्जा दिए ।

saharukh khan

सचिन दम्पत्ति पनि त्यहीँ थिए । सचिन तंदुलकर र अञ्जलीले अभिनेता रणवीरसँग पनि भेट गरे, अञ्ललीले रणवीरसँग हाथ मिलाइन् ।

news 1

 कडा सुरक्षाा घेरामा सलमान खान पनि त्यहाँ पुगेका थिए । उनले पनि मुम्बईकाे मुख्यमन्त्री भएकाेमा भारतीय जनता पार्टीका बरिष्ठ नेता देवेन्द्र फडणवीसलाई बधाई दिए ।

salman khan




 

विहीबार, २० मंसिर २०८१, २३ : २७

प्रतिक्रिया