याे राशिलाई व्यापार व्यवसायमा लाभ रहनेछ, यी राशिहरुकाे दिन कस्ताे ?

शुक्रबार, २१ मंसिर २०८१, ०७ : १५

काठमाडौं- आज २०८१ मंसिर २१ गते बिहिबार (६ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, पञ्चमी १०:५६ सम्म, तत्पश्चात् षष्ठी । श्रवण १६:५१ सम्म, तत्पश्चात् धनिष्ठा । चन्द्रराशि : मकर २८:२७ सम्म, तत्पश्चात् कुम्भ । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन् । शैक्षिक क्षेत्रमा सम्मान बढ्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । पायक पर्ने ठाउँको भ्रमणले मन प्रसन्न रहनेछ । स्वादिष्ट खानपानको आनन्द मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुलाई आज  सरकारी नोकरीमा पद प्रतिष्ठा बढ्नेछ । व्यापारमा छोटो समयमा राम्रो लाभ मिल्नेछ । आत्मीयताले मनमा खुसी र सन्तोष बढाउनेछ । चिकित्सा वा वकालत सम्बन्धी पढाइ पढ्नेहरूलाई समय अनुकूल रहेको छ । धर्म कर्ममा रुचि बढ्नेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज आलस्य गर्दा बनेको काममा बाधा आउनेछ । पारिवारिक सहयोग नमिल्नाले मन अशान्त रहनेछ । आज कसैलाई पनि सल्लाह दिनबाट बच्नुहोस् । व्यापार व्यवसाय वा कार्यक्षेत्रमा सीमित बोलीले कामगर्दा हजुरको लागि राम्रो रहेको छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज साझेदारी व्यापारबाट मनग्य लाभ मिल्नेछ । जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ । प्राथमिकताको आधारमा काम गर्दा उत्तम हुनेछ । नोकरी वा पेशामा श्रम अलि धेरै रहनेछ । आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुलाई आज कसैप्रति गरेको ख्याल ठट्टाले विवाद जन्माउन सक्छ । कार्यक्षेत्रमा गम्भीर र तटस्थ भएर काम गर्नुपर्नेछ । व्यापार व्यवसायमा अग्रिम रोकिएका योजनाहरू सम्पादन हुनेछन् । भौतिक सुख सुविधामा कमी आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आजकाे दिन समाजमा मान प्रतिष्ठा बढ्नेछ । सन्तान पक्षलाई लिएर चलिरहेको चिन्ताबाट मुक्ति मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । प्रेमीहरूले आफ्नो प्रेम प्रकट गर्न सक्नुहुनेछ । विद्यार्थी वर्गहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ ।

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज स्वास्थ्यमा समस्या देखिन सक्छ । घरपरिवारमा आफ्नो कर्तव्यलाई सम्झेर कार्य गर्नुहोस् मन स्वच्छ रहनेछ । कार्यक्षेत्रमा अरुको करकापमा कुनै निर्णय नलिँदा बेस । विद्यार्थी वर्गहरूलाई नयाँ कुराहरू सिक्न मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा पराक्रम वृद्धि हुनेछ साथै कार्यको प्रशंसा हुनेछ । सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ । नोकरि वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।

 

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज नोकरी वा पेशामा अधिकारी वर्गहरूसँग तालमेल बन्नेछ । कार्यक्षेत्रमा हजुरको रचनात्मक वा बौद्धिक कुशलताबाट लाभ मिल्नेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक कारोबार मजबुत रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज पैतृक सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ । कार्यक्षेत्रमा पिताको सल्लाह लिंदा उचित । आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजना बन्नेछ । भौतिक सुख सुविधामा धन खर्च हुनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई समाजमा मान प्रतिष्ठामा कमी आउनेछ । कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला । वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । आर्थिक कारोबारमा सामान्य लाभ रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा नगरौँ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ । राजनीतिक क्षेत्रमा वादविवादको स्थिति रहेको छ । कार्यक्षेत्रमा नयाँ अवसरहरू बन्नेछन् । नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा पाइनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ । 

शुक्रबार, २१ मंसिर २०८१, ०७ : १५

प्रतिक्रिया