सानिमा मिडल तमोर हाइड्रोपावरले बोलायो साधारण सभा

शुक्रबार, २१ मंसिर २०८१, १२ : ४३

काठमाडौं - सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले नवौँ वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ। 

मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। उपयुक्त अन्य कम्पनीसँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

 

 

शुक्रबार, २१ मंसिर २०८१, १२ : ४३

प्रतिक्रिया