काठमाडौं - भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना टिम सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ ।
भोलि उनीहरू थाइल्यान्ड जान लागेका हुन् । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहनेछन् ।
थाइल्यान्डमा रहँदा उनीहरूले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिनेछन् भने थाइल्यान्डका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
भाटभटेनीका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् । ६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने भाटभटेले जनाएको छ ।
प्रतिक्रिया