सूर्यदर्शन सहकारीको रकम अपचलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुरुङ पक्राउ

शुक्रबार, २१ मंसिर २०८१, १८ : १५

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए ।

उनले भने, “गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।”

शुक्रबार, २१ मंसिर २०८१, १८ : १५

प्रतिक्रिया