काठमाडौं- आज २०८१ मंसिर २३ गते आइतबार (८ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, सप्तमी ९:५९:२५ सम्म, तत्पश्चात् अष्टमी । शतभिषा १६:१६:५४ सम्म तत्पश्चात् पूर्वभाद्रपदा । चन्द्रराशि : कुम्भ । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ । सहयोगीहरूको सहयोग मिल्नेछ । नोकरी वा पेशामा अरुको सल्लाह मान्नु उचित रहला । व्यापार व्यवसायमा आर्थिक स्थितिलाई हेरेर योजनामा बदलाव गर्न सक्नुहुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज पारिवारिक मनमुटाव सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा दिखावा गर्नबाट बच्नुपर्ला । कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा थप काम गर्नुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज व्यापार व्यवसायमा लाभ मिल्नेछ । अगाडि बनाएको योजनाहरू प्रारम्भ हुनेछन् । कार्यक्षेत्रमा यात्राबाट लाभ मिल्नेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा मिल्नेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज कार्यक्षेत्रमा अकस्मिक लाभले मन प्रसन्न रहनेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा पुरानो विवाद सुल्झिनेछ । यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुलाई आज साझेदारी व्यापारमा नयाँ काम हात लागिपर्ला । जीवनसाथीको नोकरीमा पदोन्नति हुनेछ । विद्यार्थीहरूको कलात्मक क्षेत्रमा विकास हुनेछ । थप लगानी लगाउँदा जानकारको सल्लाह लिएर मात्र अगाडि बढ्दा बेस । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा लाभ मिल्नेछ । राजनीतिमा नेतृत्व गर्ने क्षमता बढ्नेछ । सामाजिक सञ्जालमा आफ्नो कुरा राम्ररी राख्न सक्नुहुनेछ । स्वास्थ्यलाई लिएर सचेत रहनु पर्ला । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज व्यापार व्यवसायमा गलत कुरामा विश्वास राख्दा हानि हुनसक्छ । विद्यार्थीहरुलाई पठनपाठनमा सफलता मिल्नेछ भने प्रतियोगी परिक्षामा पनि सफलता मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुलाई आज विश्वासपात्रबाट धोखा मिल्न सक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुलाई आज नयाँ नोकरीको खोजिमा सफलता मिल्नेछ । पारिवारिक खर्चमा वृद्धिले मन अशान्त रहनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । नयाँ पहिरनको अवसर मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहनेछ । कार्यक्षेत्रमा श्रम अनुरूप सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन् । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुकाे आज नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनसक्ला । साहस र उत्साहमा वृद्धि हुनेछ । नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ । व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन् । आजको शुभ रंग सिन्दूरि हो भने शुभ अंक ८ रहेको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज मन अशान्त रहनेछ । कार्यक्षेत्रमा सोचे अनुसार कार्य नहोला । स्वास्थ्यलाई लिएर धन खर्च हुनेछ । आर्थिक कारोबारको लागि उपयुक्त समय पर्खिनु पर्नेछ । वैदेशिक रोजगारबाट अप्रिय सूचना मिल्न सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
प्रतिक्रिया