अल्लु अर्जुन प्रशंसकलाई भेट्न जाँदा दुर्घटना, पीडितलाई 25 लाख रुपैयाँ सहयोग गरे

आइतबार, २३ मंसिर २०८१, ०८ : १८

काठमाडाैं- अल्लू अर्जुनको 'पुष्प २' देशविदेशका विभिन्न सिनेमा घरहरुमा प्रदर्शन भैरहेकाे छ । थिएटरहरु हाउसफुल चलिरहेका छन् । यो फिल्मलाई लिएर सबै उत्साहित छन् । तर डिसेम्बर 4 मा एउटा दुर्घटना भयो जुन कसैले सोचेका थिएनन् । अल्लू अर्जुन हैदराबादको संध्या थिएटरमा आफ्ना फ्यानहरूलाई भेट गर्न गएका थिए ।

प्रशंसकलाई भेट्न हैदराबादको संध्या थिएटरमा पुग्दा नै त्यहाँ उपस्थित मानिसबीच भागदौड भएको थियो। भागदाैडमा एक महिलाको मृत्यु भएको छ भने अर्का ९ वर्षीय बालक बेहाेस भएका छन् ।  पछि, पुलिसले भिडलाई शान्त पारी दुवैलाई अस्पताल पुर्याएकाे थियाे । जब अल्लू अर्जुनलाई यसको बारेमा सोधिएको थियो, उनले भने कि उनी त्यहाँ फ्यानहरूलाई भेट्न गएका थिए। याे विषयमा अल्लू अर्जुनले भिडियो सेयर गरेका छन् । उनले यस विषयमा पत्रकार सम्मेलन पनि गरे । उनले दुर्घटना पीडितलाई भारु. २५ लाख सहयाेग गरेकाे पत्रकार सम्मेलन मार्फत बताए ।

अल्लू अर्जुनले भने, "सन्ध्या थिएटरमा जे भयो त्यो हुनु हुँदैन थियो । म साँझमा थिएटरमा गएकाे थिए । मैले पूरै सिनेमा पनि हेर्न भ्याएन किनकि फिल्म हेर्दै गर्दा बिचमा मेरो म्यानेजरले मलाई भने कि भीड धेरै छ, हामी यहाँबाट बाहिर निस्कनुपर्छ ।भोलिपल्ट बिहान मलाई घटनाको जानकारी दिइयो । म स्तब्ध भएँ । जब मैले त्यहाँ भएको यो सबै थाहा पाएँ, म खाली भएँ ।" एजेन्सी

आइतबार, २३ मंसिर २०८१, ०८ : १८

प्रतिक्रिया