पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसहित ६ संगठनको समर्थन रमेश विष्टलाई

आइतबार, २३ मंसिर २०८१, ११ : ३६

काठमाडौं - नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।

प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं विष्टलाई समर्थन गरेका हुन । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिए पछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका छन् । उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा  बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए ।

उनले विष्टलाई विजयी गराउन आफु र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए । 

आइतबार, २३ मंसिर २०८१, ११ : ३६

प्रतिक्रिया