काठमाडौं - नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णय प्रति असन्तुष्टि पोखेका छन् ।
झाले सामाजिक सञ्जालमा लेख्दै आफूसँग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको बताए । युनियनका सल्लाकारसमेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहनुको तुक नभएको बताए ।
उनले सल्लाकार पद त्यागेको घोषणा पनि गरेका छन् । पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले अध्यक्षसहितको महत्त्वपूर्ण पदहरू एमाले निकट प्रेस चौतारीलाई बुझाएको छ । आफूले पाएको पदहरूमा समेत व्यापक असन्तुष्टि देखिएको छ ।
झाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् – “मेरा आत्मीयजनलाई जानकारी– सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र ? छोडियो । साथीहरूसँग रहिरहन त पदै किन चाहियो ? म सधैँ मेरा साथीहरूसँगै छु र रहिरहनेछु । मेरो कसैप्रति कुनै गुनासो छैन । जे छ, आफैसँग छ ।”
प्रतिक्रिया