काठमाडौं- सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकी बुहारी सविना आलेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धान गर्न आलेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। । उनी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का नेता दीपेश पुनकी श्रीमती हुन् ।
सविनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको होृ । उनी स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा कार्यरत थिइन् ।
प्रतिक्रिया