संघीय सरकारलाई हर्क साम्पाङले लेखे यस्तो पत्र

आइतबार, २३ मंसिर २०८१, १५ : २६

काठमाडौं - सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ उर्फ हर्कराज राईले केन्द्र सरकारलाई लेखेको एक पत्र यतिबेला चर्चामा रहेको छ ।

मेयर साम्पाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत माग गर्दै लेखेको पत्रले धेरैको ध्यान तानेको छ । 

सामान्यतया सरकारी कार्यालयले लेख्ने पत्रमा भाषाशैली विशेष प्रकारको हुन्छ । तर, उनले लेखेको पत्रमा साधारण बोलीचालीको भाषा प्रयोग गरिएको छ । 

‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न, तुरून्त पठाइदिनु पर्‍यो,’ पत्रमा लेखिएको छ, ‘धराने जनता पनि नेपाली नागरिक नै हुन् । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरून्तै पठाइदिन अनुरोध छ ।’

आइतबार, २३ मंसिर २०८१, १५ : २६

प्रतिक्रिया