काठमाडौं- आज २०८१ मंसिर २४ गते साेमतबार (९ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, नवमी २७:२४ सम्म, तत्पश्चात् दशमी । पूर्वभाद्रपदा १३:१९ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा । चन्द्रराशि : कुम्भ ०७:४२ सम्म, तत्पश्चात् मीन । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज समय राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ । कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ । कामबाट पनि आर्थिक लाभ मिल्नेछ । आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ । परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ । पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज समय शुभ रहेको छ । आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन् । स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ । आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज समय सामान्य रहन सक्छ । आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला । आज स्वास्थ्य पनि सामान्य नै रहनेछ । धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला । पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूकाे आज समय सामान्य छ । आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन । आज पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुलाई आज समय राम्रो रहेको छ । व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ । पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ । पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आज समय राम्रो रहेको छ । आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन् । आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ । आज सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ । आज स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन् ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज समय सामान्य रहेको छ । आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ । आज पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन् । प्रेम जीवन राम्रो रहनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुलाई आज समय सामान्य रहेको छ । आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । आज पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ । विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुलाई आज समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सकिनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज परिवारमा रमाइलो हुन सक्छ । विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज समय सामान्य रहन सक्छ । आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ । आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ । विद्यार्थीको पढाई सामान्य रहन सक्छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुकाे आज समय राम्रो रहन सक्छ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ । विद्यार्थीको पढाईमा ध्यान जान्छ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज समय सामान्य छ । खर्चको मात्रा बढ्न सक्छ । शरीरमा अस्वस्थताको अनुभव हुन सक्ने भएकाले जोशजाँगरमा कमी आउन सक्छ । आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने रहेकाले सचेत रहनुहोला ।
प्रतिक्रिया