हिमाल दोलखा हाइड्रोपावरको साधारण शेयर बिक्री सुरु

४ बर्ष अगाडि

काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आजदेखि स्थानीयका लागि साधारण शेयर  बिक्री सुरु गरेको छ ।

कम्पनीले १६ लाख कित्ता आईपीओमा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोबास गर्नेहरुले मात्र आवेदन दिन सक्नेछन् ।

उक्त शेयर छिटोमा जेठ २८ र ढिलोमा असार १३ सम्म बिक्रीमा रहने छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी रु ८२ करोड छ । शेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी  रु १ अर्ब ६० करोड पुग्नेछ  कम्पनीको शेयरलाई  केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो औसतभन्दा कम हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया