अपी पावरले गर्‍यो दार्चुला पावरमा ७३ करोड लगानी

विहीबार, ११ पुस २०८१, १२ : ५८

काठमाडौं - अपी पावरले आफ्नो सहायक कम्पनी दार्चुला पावरमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस १० गते बसेको बैठकले दार्चुला पावरमा स्वपुँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८ प्रतिशतले हुन आउने ७३ करोड रुपैयाँ लगानी गरेको हो। त्यसअघि कम्पनीको २१ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिलाई दार्चुला पावरमा लगानी गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी दिएको थियो।

दार्चुला पावरको प्रवर्द्धनमा दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माणका लागि अपी पावरले लगानी गरेको हो। यो आयोजना २८.३०४ मेगावाट क्षमताको रहेको छ।

विहीबार, ११ पुस २०८१, १२ : ५८

प्रतिक्रिया