सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरको पत्राचार

शनिबार, १३ पुस २०८१, १२ : ३६

काठमाडौं - काठमाडौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न पत्राचार गरेको छ। 

पहिलो चरणमा यसरी पत्र पठाइएका संघसंस्थाहरुमा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । 

यी कम्पनीहरूलाई सम्पत्ति कर र बहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागले जनाएको छ ।

शनिबार, १३ पुस २०८१, १२ : ३६

प्रतिक्रिया