जेजु एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८५ पुग्यो

आइतबार, १४ पुस २०८१, १० : ५४

काठमाडौं- दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।  विमानमा सवार १८१ जनामध्ये ८५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको थियो । मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाइएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो ।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । योनहाप समाचार एजेन्सीका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुईजना थाइल्यान्डका नागरिक सवार थिए ।

 

आइतबार, १४ पुस २०८१, १० : ५४

प्रतिक्रिया