मेयर बालेन शाहले ज्यादती गरेको भन्दै कवाड व्यवसायी आन्दोलनमा

आइतबार, १४ पुस २०८१, १५ : २५

काठमाडौं -  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड व्यवसायी आन्दोलनमा उत्रिएका छन् । 

उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौं महानगरले आफूहरूको टहरामा डोजर चलाएको भन्दै उनीहरुले फेरि प्रदर्शन गरेका हुन् ।

केही समयदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले नेवा राजाहरूको आतंक बन्द गर, कवाडी व्यवसायीको रक्षा गर जस्ता नाराहरू लगाएका छन् । आइतबार प्रज्ञा भवनमा जन्मा भएर उनीहरुले कमलादीमा रहेको महानगरको कार्यालय नजिक पुगी प्रदर्शन गरेका हुन् ।  
 

आइतबार, १४ पुस २०८१, १५ : २५

प्रतिक्रिया