आइफोन १६–ई सार्वजनिक, यस्ता छन् फिचर

विहीबार, ०८ फागुन २०८१, १६ : २७

काठमाडौं - एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १६ ई सार्वजनिक गरेको छ। यसमा एक नयाँ अपडेटेड डिजाइन र फिचरहरू समावेश छन्।

यसमा, आइफोनको प्रसिद्ध होम बटन पूर्णरूपमा हटाइएको छ, र यसको सट्टा अब फेस आइडी इन्पुट प्रणाली प्रयोग गरिएको छ।आइफोन १६ ई मा एप्पलको नवीनतम ए १८ चिप रहेको छ, जसले स्मार्टफोनको प्रदर्शनलाई अझ तीव्र बनाउँछ। यसको मूल्य ५९९ डलर तोकिएको छ।

यो फोन आइफोन एसईको अपडेटेड भर्जन हो र यसको डिस्प्ले ६.०६ इन्चको ओएलइडी प्यानल रहेको छ। आकारमा भने, यो आइफोन १६ भन्दा अलिकति सानो छ।

फोनमा नयाँ कस्टमाइज गर्न मिल्ने एक्सन बटन छ, तर यसमा मेगा सेफ एक्सेसोरी र फास्ट वायरलेस चार्जिङको सुविधा उपलब्ध छैन। यो फोनमा ४८ मेगापिक्सलको रियर क्यामरा रहेको छ। साथै, यसमा वायरलेस चार्जिङ र आईपी रेटिङको वाटर रेसिस्टेन्ट क्षमतासमेत समावेश गरिएको छ। एप्पलले यस स्मार्टफोनमा आफैंको बनाएको मोडेम पनि प्रयोग गरेको छ। 

आइफोन १६ ई प्रिअर्डरको लागि शुक्रबार, २३ फेब्रुअरीदेखि उपलब्ध हुनेछ र २८ फेब्रुअरीदेखि यो फोन बिक्रीको लागि उपलब्ध हुनेछ। आइफोन एसईको मूल्य ४२९ डलर रहेको थियो, भने आइफोन १६ ईको मूल्य भने त्यसभन्दा बढी, ५९९ डलर राखिएको छ। 

विहीबार, ०८ फागुन २०८१, १६ : २७

प्रतिक्रिया