काठमाडौँ – सरकारले विलासी र महंगा वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको छ । भन्सारदर बढाएर वा गुणतस्तरताबाट कसेर भएपनि यस्ता वस्तुको आयातमा कडाइ गरिने भएको हो ।
व्यापार घाटा न्युनिकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ मार्फत विलासी र महंगा वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको हो । यो कार्ययोजना मन्त्रिपरिषदको बैठकले पारित गरिसकेको छ ।
विदेशबाट आयात नगर्दा पनि हुने वस्तुमा करको माध्यमबाट सरकारले कस्ने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन आयातित वस्तुमा सरकारले कडाइको नीति लिएको हो । महंगा स्मार्टफोन, टिभीको आयातमा पनि कडाइ गरिने भएको छ । मानव स्वास्थयमा हानी पर्ने वस्तुमा पनि निरुत्साहीत गर्ने सरकारको नीति छ । यसले महंगा रक्सीहरु पनि भित्रन नदिने देखिएको छ ।
आगामी ३ वर्षमा खाद्य वस्तुको आयात ५० प्रतिशतले घटाउने र यसका लागि सरकाले कृषकलाई तालिम उपलब्ध गराउँने कार्ययोजनामा भनिएको छ । सरकारले केही वस्तुको आयातमा कोटा समेत तोक्ने देखिएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।