काठमाडौं- नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहज रूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न आज सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।
यसैगरी, सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई सम्पूर्ण क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगलफर्मको लिङ्कमार्फत साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्न पनि निर्देशन दिइएको छ ।
प्रतिक्रिया