काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । प्रेस सेन्टरको पाँचौं महाधिवेशनबाट अचार्य उपमहासचिवमा निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रेस सेन्टरको नवनिर्वाचित उपमहासचिव आचार्य पार्टी उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छिन् । दाङबाट प्रकाशित युगबोध राष्ट्रिय दैनिककी सम्पादक रहेकी उनी सक्रिय पत्रकार हुन् ।
प्रतिक्रिया