सरकारले भन्यो : राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुनु

मंगलबार, १९ चैत्र २०८१, १५ : ४६

काठमाडौँ – सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई बैठकले अपिल गरेको बताए । 

उनले तीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको जानकारी दिए । यस्तै घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको पनि बताए । 
 

 
 
मंगलबार, १९ चैत्र २०८१, १५ : ४६

प्रतिक्रिया