फेरि विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं

आइतबार, २४ चैत्र २०८१, ११ : १५

काठमाडौं - काठमाडौं उपत्यकाको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । 

आज, काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २९० मा पुगेको छ, जुन ‘अत्यन्त अस्वस्थ कर’ श्रेणीमा पर्छ। यससँगै, भारतीय राजधानी दिल्ली दोस्रो स्थानमा र पाकिस्तानको लाहोर तेस्रो स्थानमा रहेको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, एक्यूआई ३५ भन्दा कम हुनु अनुकूल मानिन्छ, र ५० एक्यूआईसम्मको स्तरलाई सामान्य मानिन्छ। यद्यपि, त्यसको माथिको स्तर स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। उच्च एक्यूआईले दीर्घकालीन स्वास्थ्य समस्याहरू जस्तै फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, र हृदयघातको जोखिम बढाउँछ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंवासीलाई स्वास्थ्य सचेतना अपनाउन अपिल गरेको छ। मन्त्रालयले वायुको खतरनाक अवस्थामा वृद्धि भइरहेकाले घरबाहिर नजान, र जानै परेमा गुणस्तरीय मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

आइतबार, २४ चैत्र २०८१, ११ : १५

प्रतिक्रिया