वरिष्ठ पत्रकार भैरव रिसालको निधन

सोमबार, २५ चैत्र २०८१, १० : १५

काठमाडौं - वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको हो।

रिसालको जन्म १९८५ साल साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। पत्रकारितामा लामो योगदान दिएका रिसालले रेडियो सगरमाथामा ‘उहिले बाजेका पालामा’ नामक रेडियो कार्यक्रम सञ्चालन गरेका थिए। उनले मानवअधिकार, वातावरण संरक्षण र साहित्यिक योगदानका लागि विभिन्न पुरस्कार पनि प्राप्त गरेका थिए।

२०४८ सालको आमनिर्वाचनमा उनी नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुरबाट उम्मेदवार समेत बनेका थिए।
 

सोमबार, २५ चैत्र २०८१, १० : १५

प्रतिक्रिया