तरलता व्यवस्थापन गर्न ८ अर्बको टे«जरी बिल बिक्री गर्दै राष्ट्र बैंक

४ बर्ष अगाडि

काठमाडौं – विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै बजारको तरलता घटाउन सहयोग गर्दै आएको नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः सोही प्रक्रियालाई निरन्तरता दिने भएको छ ।

केन्द्रीय बैंकले सोमबार अर्थात् असार २ गते पुनः रु आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गरी बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।  बैंकले जेठ २७ गते पनि त्यस्तै ट्रेजरी बिल बिक्री गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया