प्रहरी भन्छ- दुर्गा प्रसाईं पक्राउ भएका छैनन्

शुक्रबार, २९ चैत्र २०८१, ०६ : ४४

काठमाडौं- नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईं  खोजीको सूचीमा रहेको जनाएको छ । 

प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनले प्रसाइैं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गरेका छन् ।


 

शुक्रबार, २९ चैत्र २०८१, ०६ : ४४

प्रतिक्रिया