काठमाडौं - भोलिबाट विक्रम संवत २०८२ सुरु हुँदैछ।
नयाँ वर्षमा देशभर र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गर्छन् । विक्रम संवत अङ्ग्रेजी संवत् अर्थात् इस्वी संवतभन्दा ५६.७ वर्ष अगाडि चलाइएको संवत हो।
ऐतिहासिक रूपमा राजा विक्रमादित्यले प्रारम्भ गरेको यस संवतलाई विक्रम संवत भनिन्छ। नेपालमा यस संवतलाई मौलिक राष्ट्रिय पात्रोका रूपमा मल्लकालदेखि नै प्रयोग गरिँदै आएको छ।
सरकारले नयाँ वर्षको दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गरेकोले भोलि देशभर सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र शेयर बजारसमेत बन्द छन्।
प्रतिक्रिया