काठमाडौं – शिक्षक महासंघले गरेको आन्दोलनको प्रभाव काठमाडौंका सडकमा देखिएको छ । बानेश्वर क्षेत्रको तीन लेन सडक शिक्षकहरुको प्रदर्शनका कारण दिनहुँ जसो प्रभावित हुँदै आएको छ । जसका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
आइतबार पनि शिक्षकहरुले माइतीघरदेख बानेश्वर एसियासम्म प्रदर्शन गर्दा सडक दिनभरी जसो ठप्प रह्यो । सडक ठप्प हुँदा सवारी साधनहरु वैकिल्पक मार्ग भएर संचालन भइरहेका छन् । शिक्षक महासंघले विगत १२ दिनदेखि विभिन्न माग राखी बानेश्वर क्षेत्रमा शान्तीपूर्ण प्रदर्शन गर्दै आएको छ ।
प्रतिक्रिया