तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रले मुख खोले (भिडियो)

आइतबार, ३१ चैत्र २०८१, १७ : ११

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।

गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

 

 
 
आइतबार, ३१ चैत्र २०८१, १७ : ११

प्रतिक्रिया