आज नयाँ वर्ष २०८२ को पहिलो दिन, देशभर सार्वजनिक बिदा

सोमबार, ०१ बैशाख २०८२, १० : २३

काठमाडौं- नेपाली पात्रो अनुसार आज वैशाख १ गते अर्थात् नयाँ वर्ष २०८२ शुरू भएको छ। विक्रम् संवत् अङ्ग्रेजी संवत् अर्थात् एडीभन्दा ५६.७ वर्षले अगाडि छ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यसलाई विक्रम् सम्वत भनिएको हो। यो मौलिक संवत्का रूपमा मल्लकालदेखि नै चलिआएको छ। नयाँ वर्षका साथै आज मेष संक्रान्ति र बिस्का जात्रा पर्व समेत रहेको छ।

हरेक नयाँ वर्षको दिन नेपालभर सार्वजनिक बिदा दिने गरिन्छ। यससँगै आज पनि सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, लगायत सेयर बजार बन्द रहनेछ।

सोमबार, ०१ बैशाख २०८२, १० : २३

प्रतिक्रिया