जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

मंगलबार, ०२ बैशाख २०८२, ०८ : ४४

काठमाडौं- जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान  ४ बजेर ५३ मिनेट जाँदा  पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतंकित भएका छन् । 

मंगलबार, ०२ बैशाख २०८२, ०८ : ४४

प्रतिक्रिया